शिवसताक्षी ,१२ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज विहान सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्युभएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान ६.४० बजे शिबसताक्षी –९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको प्र.१–०२–००१क ३८७९ नं. को ट्रक र बिपरित दिशाबाट गईरहेको प्र १–०१–००च ७४८२ नं. को कार एकआपसमा ठक्कर खादा कार चालक मोरङ ,उर्लाबारी -६ बस्ने ४५ वर्षिय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षिया कुमकुम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गंभीर घाईते दुवैको उपचारको क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतककी श्रीमती ४० वर्षिया सुजिता चौधरी ,छोरा १० वर्षिय विवेक चौधरी, ३६ वर्षिया रञ्जुदेबी चौधरी, रतुवामाई १० बस्ने १९ वर्षिय रिकेश न्यौपाने र उर्लाबारी –७ बस्ने ४० वर्षिया मुना शाह रहेका छन् । उनीहरुको समेत सोहि अस्पतालमा उपचार भईरहेको छ ।
परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घरतर्फ फर्किदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।