हात्तीको आक्रमणबाट हल्दिवारीमा एकजनाको मृत्यु

झापा, १२ असार । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
रिजालका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.