झापामा १५९ जना संक्रमित, ७५ डिस्चार्ज र ४ को मृत्यु

दमक, १३ असार । झापामा आइतबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३९ महिलासहित १५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ४ जना छन् । जसमा बिर्तामोड–४ की ६४ वर्षीया महिला, दमक–९ की ५२ वर्षीया महिला, अर्जुनधारा–४ का ८२ वर्षीय पुरुष र जोगमाई–२ इलाम की ३६ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

दमकमा ५ महिलासहित ११ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, गौरादहमा १ महिलासहित २ जना, मेचीनगरमा ३ महिलासहित ६ जना, कनकाईमा ५ महिलासहित ८ जना, अर्जुनधारामा ९ महिलासहित १७ जना, गौरीगञ्जमा २ जना महिला, कमलमा ३ जना महिला, शिवसताक्षीमा र बाह्रदशीमा २ महिलासहित ४ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १३५५७, डिस्चार्ज ११६७२, आइसोलेसनमा १५६४ जना, कुल संक्रमित एन्टिजेन २०५१ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३४४ जना र आज निको भएर घर फर्किएका ७५ जना रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.