गौरादह ,१३ असार । झापाको गौरादह नगरपालिका ४ मैदानघोपामा दुई बर्षिय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय गोपाल भट्टराईका छोरा संयोग भट्टराईको पैनीको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार हिजो शनिबार बेलुका साढे ६ बजे घर अगाडीको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए । बालकका बुबा आमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा उपचारका लागि ल्याउन साथ मृत्यु भएको इलाक प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्की बताए । घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।