माङ्सेबुङमा आगलागीले ८ घर जलेर नष्ट

माङ्सेबुङ १२ असार । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी आगलागीबाट हर्क बहादुर चेम्जोङ ,नरहाङ लावती, लोक बहादुर लावती,विष्णु बहादुर राई ,माङ्गेन्ना सम्बाहाम्फे , सञ्च माया लिम्बू, पदम इवाको घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय पत्रकार सुमन लावतीले बताए ।
गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाएर क्षतिको विवरण संकलन गरिने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यसैवीच, पीडितहरुलाई त्तत्काल राहतमा सहयोग पुरयाँउन माङसेबुङ गाउँपालिकाले प्रति घर रु १०, हजार ,जिल्ला प्रशासन कार्यालय इलामबाट रु १५ हजार उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.