दमक,१२ असार । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार आज आइतबार दिउँसो १२ बजे रबिबाट दमक तर्फ आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर हिम प्रसाद र प्रकाशको भने घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारका लागी दमक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।