सर्पले टोकेर बालिकाको मृत्यु

झापा, १२ असार । विषालु सर्पले टोकेर झापाको कचनकवल ३ गंगाबस्तीमा एक बालिकाको मृत्यु भएको छ ।मंगलवार साँझ ५ः३० बजेको समयमा कचनकवल गाउँपलिका वडा नं.३ गंगाबस्ती बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो । बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत थिइन् । बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
फुलवासा खोलामा डुबेर बालकको मृत्यु
झापाको मेचीनगरस्थित फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।मंगलवार साँझ अन्दाजी ७.३० बजेको समयमा मेचीनगर १४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको फुलवासा खोलामा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए । खोलामा डुवेका बालक खोजतालसका क्रममा मृत फेला परेका र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.