झापा, ११ असार । टिफर अनियन्त्रित भई पल्टिदा झापाको अर्जुनधारा–७ मा एक मजदुरको मृत्यु भएको छ । सोमवार दिउँसो ४.३० बजेको समयमा ताप्लेजुङ घर भई अर्जुनधारा ७ गढीमा सञ्चालित मंगलश्री क्रसरमंगलश्री क्रसरमा काम गर्ने अन्दाजी २२ वर्षिय अर्जुन भट्टराईको टिफर पल्टिदा मृत्यु भएको हो । ना १ क ७८९२ नम्बरको टिफरले क्रसरको हबमा मिक्सगिटी लोड गर्ने क्रममा टिफर पल्टिएर क्रसरको हबलाई किच्दा क्रसरको हब झरी किचिएर भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक अर्जुनधारा ४ बस्ने ५२ वर्षिय गजेन्द्रबहादुर कटवाललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।