झापाका १५ पालिकाले ल्याए १३ अर्बभन्दा बढीको बजेट

झापा ,११ असार । झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि बजेट ल्याएका छन् । यस आर्थिक वर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपियाँ बराबरको बजेटमा सबैभन्दा बढी बजेट दमक नगरपालिकाको एक अर्ब ८४ करोड, १२ लाख रुपियाँ रहेको छ भने सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपियाँ बराबरको रहेकोे छ ।

कनकाईको ६७ करोड, ८७ लाख २४ हजार बढी बजेट
झापाको कनकाई नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को लागि ६७ करोड, ८७ लाख २४ हजार एक सय ७५ रुपियाँको वार्षिक बजेट प्रस्तुत भएको छ । आइतबार भएको १३ औं नगर सभाबाट नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले यस आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरिन् । शिवाकोटीले अघिल्लो आर्थिक वर्ष २०७९–८० को भन्दा ६ करोडले कम बजेट सार्बजनिक गरिन् ।
अघिल्लो आर्थिक वर्षमा कनकाई नगरपालिकाले ७३ करोड, ८५ लाख रुपियाँको बजेट निर्माण गरेको थियो । यस बजेटमा सामाजिक सुरक्षा वापतको रकम २८ करोड भने समावेश छैन्।

शिवसताक्षीको १ अर्ब २१ करोड ४० लाख बढी बजेट सार्वजनिक
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगर सभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो ।
जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, संघीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै, प्रदेश सरकारबाट समानिकरण ११ करोड ४६ हजार, समपुरक अनुदान १३ करोड, शसर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधान बाडफाँडबाट १३, करोड १९ लाख,४६ गरी ४६ करोड ७१ लाख १ हजार गरी जम्मा ८७ करोड ४० लाख ६६ हजार रकम र सामाजिक सुरक्षा भत्ता ३५ करोड रकम समावेश गरी १ अर्ब २१ करोड ४० लाख ६६ हजार बराबरको रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।

झापा गाउँपालिकाले ४९ करोड ९० लाखको बजेट
झापा गाउँपालिकाले ४९ करोड ९० लाख १७ हजार २ सय रुपियाँको बजेट प्रस्तुत गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाको चौधौं गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गरिन् ।
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षका एक अर्ब ४० करोड ९५ लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्तुत गरे । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँटबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाडफाँटबाट १ करोड १९ लाख ७५ हजार रुपियाँ रहेको छ ।

अर्जुनधाराको ७६ करोड ११ लाख ८० हजारको बजेट
अर्जुनधारा नगरपालिकाले आर्थिक बर्षका लागि ७६ करोड ११ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित १३ औं नियमित अधिवेशनमा आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगर उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् ।

बाह्रदशीको ४९ करोड ८८ लाख ४० हजार ६ सयको वजेट

झापा बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपियाँ बराबरको वजेट सार्वजनिक गरेको छ । समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौं गाउँसभाले बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले गाउँसभाबाट विनियोजित बजेट सार्वजनिक गरे ।

मेचीनगरको १ अर्ब ५१ करोड १२ लाखको बजेट
मेचीनगर नगरपालिकाको आर्थिक वर्षका लागि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरको बजेट १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो ।

गौरीगञ्जको ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपियाँको बजेट
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि उपाध्यक्ष पुजन न्यौपानेले ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपियाँको बजेट प्रस्तुत गरिन् ।
कमलको ७२ करोड २१ लाख ८८ हजार रुपियाँको बजेट
झापाको कमल गाउँपालिकाले ७२ करोड २१ लख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । गाउँसभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बजेट सार्वजनिक गरिन् ।
भद्रपुरको ८५ करोड ६७ लाख ३ हजारको बजेट
भद्रपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ मा ८५ करोड ६७ लाख ३ हजार बजेट नगरपालिकाका उपप्रमुख राधा कार्कीले नगर सभामा सार्वजनिक गरिन् ।
कचनकवलको ६३ करोड १ लाख १० हजार बजेट
कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६३ करोड १ लाख १० हजार बजेट गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सार्वजनिक गरे ।

 

Leave a Reply

Your email address will not be published.