झापा, ११ असार । विषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका– २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चारआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।