बिरिङ खोलामा डुबेर खनालको मृत्यु

झापा , १२ असार । बिरिङ खोलामा डुबेर झापा, अर्जुनधारा ३ का ४० वर्षिय राजकुमार खनाल मृत भेटिएका छन् । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोलाको मध्यभागमा उनकोे शव फेला परेको छ ।
अर्धनग्न अवस्थाको खनालको शव आज बिहान खोलाको भंगालोमा फेला परेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । उनको शव अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका जोड्ने साधुटार–होक्से सडकखण्डमा पर्ने बिरिङ खोलामा फेला परेको हो ।

मृतकको कम्मरमा डोरी बाँधिएको अवस्था छ । गएराति १० बजेसम्म खनाल आफ्नै घरम रहेका थिए । राति कुन समयमा घरबाट हिडेको र डुबेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.