दमक,१० असार । दमक -७ स्थित बसपार्क क्षेत्रमा आज दिउँसो एक जना युवा मृत भेटिएका छन् । तत्काल नाम थर वतन नखुलेको अन्दाजी ३५ बर्ष जस्तो देखिने मतुवाली वर्णका ती युवा त्यहाँको कदमको रुख मुनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खबर पाउन साथ घटनास्थलमा पुगेर घटनाका बारेमा शवलाई दमक अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको बायाँ हातको नाडीमा लक्ष्मी साई लेखेको ट्याटु रहेको, पाईएकोे छ । निजलाई चिन्न जान्ने वा परिवारजनले शव बुझिलिन हुन प्रहरीले सवैसंग अनुरोध समेत गरेको डिएसपी मनोजकुमार लामाले बताए ।