असहाय सानीलाई सहयोग उपलव्ध


कमल,१० असार । झापा,कमल गाउँपालिका वडा न. ७ गेउरियाकी असहाय सानी केरुङ मगर ( जोगमाया ) लाई विदेशमा बस्ने एक जना महिलाले रु १० हजार बरावरको सहयोग सामाग्री दिएकी छन् ।
श्रीमान प्रेमले छाड्ेपछि तीन छोराछोरीकी अभिभावक सानी केरुङ मगरको नाजुक अवस्था देखेर कमल ६ मंगलवारे घर भई हाल रोजगारीका क्रममा दुवई बस्दैआएकी सामाजिक अगुवा कोपिला बस्नेत श्रेष्ठले पीडितलाई राहत पुरयाँउन खाद्यान्नसहित अन्य भौतिक सरसामाग्रीहरु दिएकी हुन् ।
जारी निषेधज्ञाका कारण खानपीन गर्न समस्या भएको परिवारलाई राहत पुरयाँउन आफूले कमाएको रकम जोहो गरेर क्लवको समन्वयमा त्यस्तो सहयोग उपलव्ध गराएकी मनकारी उनले बताईन् । उनले यसअघि समेत स्वेदशका विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँँउदैआएकी छन् ।
असहाय सानीको कमल ७ स्थित धिमाल डाँडामा निर्माणाधीन टहरास्थलमा पुगेर मंगलवारेस्थित सगुन युवा क्लवको समन्वयमा बुधबार सो राहत सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको क्लवका सल्लाहकार दिवाकर राईले बताए । राहत हस्तान्तरण कार्यक्रममा उनीसहित क्लवका सदस्य रुपनारायण निरौला लगायतको उपस्थिति रहेको थियो ।
पीडितलाई २५ केजी चामल,तेल,दाल,नुन,सोयाविन,सावुनसहित डस्ना,सिरक,खाना पकाउने ग्याँस र चुल्हो हस्तान्तरण गरिएको थियो । सहयोग वुझदै पीडितले मनकारीप्रति धन्यवाद दिएकी थिइन् ।
चार बर्ष अघि खुट्टा नचल्ने अवस्था पुगेपछि श्रीमानले छाड्ेका उनी अर्काको घरमा बसेर जेनतेन गुजारा निर्वाह गरिआएकी छिन् । आफन्तको घरमा समेत सधैभरि बस्न समस्या भएपछि घामपानी छल्ने छाप्राको व्यवस्था गरिदिन उनले आग्रह गरिआएकी छिन् । उनले भनिन्, –‘आफूसंग घरजग्गा पनि छैन्, परिवारलाई कसरी हुर्काउने भन्ने मात्र चिन्ता लाग्छ ।’
यसैवीच अशक्त समेत रहेकी सानीको नाजुक अवस्था देखेर स्थानीय सामाजिक अगुवा शान्ता केरुङले अस्थायी रुपमा बस्नका लागि टहराको व्यवस्था गर्न जुटेकी छिन् । बिचल्ली सानीको परिवारलाई अस्थायी रुपमा भएपनि बसोबास दिलाउन टहरासहित आधारभूत भौतिक सामाग्रीको व्यवस्था गर्ने कार्य धमाधम भईरहेको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published.