कमल ५ मा व्यूटिपार्लर तालिम समापन

दमक,१० असार । जिल्लाको कमल गाउँपालिका वडा न.५ मा महिलाहरुका लागि व्यूटिपार्लर सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।वडा कार्यालयले दमकको चन्द्र सुर्य तथा सीप बिकास संस्थाको प्राविधिक सहयोगमा सञ्चालित ३९० घण्टे सो तालिममा वडा भित्रका विभिन्न टोल विकास संस्थाका ४५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित ब्युटीपार्लर तालिमको आज समापन गरिएको हो । तालिमका सहभागि प्रशिक्षार्थीहरुलाई वडाअध्यक्ष एलवी विष्ट लगायतले प्रमाणपत्र वितरण गर्दे तालिममा सिकेका सीप व्यवहारमा उतार्न जोड दिए । तालिम समापनका क्रममा सहभागिहरुले तालिम अति नै प्रभावकारी भएकाले अझ दक्ष बनाउनका लागि थप तालिम उपलव्ध गराउन माग गरेका थिए ।
तालिम समापनमा वडा सदस्यहरु ओमकुमार प्रधान,चुरुहाङ लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.