आज प्रदेश १ सहित चार वटा प्रदेशमा भारी वर्षा

झापा,१० असार ।आज प्रदेश १ सहित मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी, प्रदेश १ र बागमती प्रदेशको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.