कमल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष राई

कमल,९ असार । झापा, कमल गाउँपालिकाको २०७९-०८० को नीति तथा कार्यक्रम पारित गरिएको छ । आज पालिकाको सभाहलमा आयोजित ११ औ गाउँसभामा पालिका अध्यक्ष हुकुमसिंह राईद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९-०८० लागी नीति तथा कार्यक्रम गाउँसभाबाट संशोधन सहित पारित गरिएको हो ।
सभामा अध्यक्ष राईद्वारा प्रस्तुत जनस्वास्थ्य,पशुसेवा,लैगिक समानता तथा सामाजिक समावेशीकरण,शिक्षा युवा तथा खेलकुद,संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन,वस्तीविकास तथा शहरी योजना, भौतिक पूर्वाधार, सामाजिक विकास तर्फ सञ्चालन गरिने कार्यक्रम सभाले संशोधन सहित पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए ।
प्रस्तुत नीति तथा कार्यक्रम माथि सभासद एङ्गल गुरुङ्ग, भिम वहादुर कार्की, कल्पना राई, हरिभक्त चम्लागाई, चुरुङ्गहाङ्ग लावती , भुमिका महरा ,ओम कुमार प्रधान,जमुना खतिवडा र नविन राईले आफनो भनाई राखेका थिए ।
अध्यक्ष राईले सभामा पेश गरेका उक्त नीति तथा कार्यक्रममा पशु सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत सुरक्षण कोष स्थापना गरिने , सिँचाई मिटरको बिल भुक्तानीमा ५० प्रतिशत अनुदान, सिंचाई सुविधाको पँहुच नभएका कृषकका लागि सिचाई मोटर उपलब्ध गराईने, निःशुल्क माटो परीक्षणको सुविधा लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
कार्यतालिका अनुसार भोलि शुक्रवार भने आर्थिक बर्ष २०७९-०८० का लागि वजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.