छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

दमक,९ असार । आफनै १२ बर्षिया नाबालिका छोरीलाई पटक करणी गरेको आरोपमा झापाको कन्काईमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार घरबाटै नियन्त्रणमा लिएको हो ।
पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
आफ्नी आमा अर्कैसंग गएपछि ती बालिका बुबा र कान्छी आमासंग बस्दै आएकी थिइन् । बुबाले पटकपटक करणीको प्रयास गरेपछि ती बालिकाले आफ्ना स्कूले साथीहरुसंग इलाका प्रहरी कार्यालय सुरुङ्गा आएर घटनाबारे जानकारी दिएकी थिइन् । ती व्यक्तिमाथि करणी उद्योगमा मुद्धा दायर गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.