
सुरुङ्गा, ९ असार । यहाँस्थित नेपाल दलित उत्थान सञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सञ्जालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिकतहमा अध्यनरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको सञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले बताए ।
दलित सामुदायिक भवनमा बुधबार कार्यक्रम गरि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरे । सोहि अवसरमा सञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मान गरिएको थियो । केहि बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैँया र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैँया समेत प्रदान गरेका थिए । उक्तअक्षयकोषको ब्याजबाट सञ्जालले कनकाईका ९ वटै वार्डबाट प्रत्येक वार्डबाट २ जनाको दरले १८ जनालाई प्रोत्साहन स्वरुप छात्रवृत्ति रकम प्रदान गरिआएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा नगरप्रमुख रपोखरेल,कार्यपालिका सदस्य सावित्रा बर्देवा, विद्यार्थी सुजन वयलकोटी, सल्लाकार भक्त घतानी, सञ्जालका पुर्वअध्यक्ष डम्बर शांसकार लगायातले दलितका लागि शिक्षा र अन्याय पर्दाका वेलामा समेत संञ्जालले काम गर्नुपर्नेमाजोड दिएका थिए ।
कार्यक्रम सञ्जालका अध्यक्ष ठाकुर बराइलीको सभापतित्व तथा सचिव प्रदिप गजमेरले सञ्चालन गरेका थिए ।