दमक, ९ असार । किङ्स नेपाल क्रिएसनले आयोजना गरेको “ इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ ” सिजन २ को दुईवटा अडिसन सकिएको छ ।शनिवार दमकको कनकाई पार्टी प्यालेसमा शनिवार भएको दोश्रो चरणको अडिशनमा जुनियर तथा सिनियर गरि २० जना प्रतियोगिहरु छानिएका छन् । यसअघि गत जेठ २६ गते भएको पहिलो अडिशनमा २० जना प्रतियोगिहरु छनौट भएका थिए ।
प्रतियोगितामा जुनियरतर्फ ७ वर्ष देखि ११ वर्षको उमेर समूह र सिनियरतर्फ १२ देखि १७ वर्षको उमेर समूहका सहभागी रहेको किङ्स नेपालका निर्देशक कृष्ण साहले बताए । उनका अनुसार अवको अडिसन यहि असार १५ गते केरखामा हुनेछ । सो अडिशनमा केरखासहित धरमपुर, झिलझिले र दुधेबाट प्रतिस्पर्धीहरु सहभागी हुनेछन् ।
दोश्रो अडिशनको निर्णायकमा आस्था कलेजका सहायक क्याम्पस प्रमुख तथा संस्थापक टिकाराम अधिकारी, दमक आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल शेखर कटुवाल, विद्यालक्ष्मी सेकेन्डरी बोर्डिङ स्कुलकी प्रिन्सिपल एलिजा सिटौला , मिस पूर्वाञ्चल मोडल आइकन सिजन १ का पब्लिक चोइस प्रथम निर्मला तामाङ, किङ्स नेपाल क्रिएसन कम्पनीका कोर्डिनेटर विकल थामी र इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडर्न आइकन सिजन वानका विजेता मन्जिला ढुङ्गाना रहेका छन् ।
अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सो संस्थाले यसवर्ष पनि सिजन २ प्रतियोगिता सञ्चालन गरेको हो । साहले बालबालिका तथा किशोरकिशोरीहरुको क्षमतासंगै आफनो प्रतिभालाई उजागर गराउन अवसरका रुपमा यसकिसिमको प्रतियोगिता हुदैआएको छ । यस प्रतियोगिताको ग्राण्ड फिनाले भदौ तिर हुने आयोजकले जनाएको छ ।