दमक,८ असार । दमकमा यहि असार १४ गते हुन गईरहेको रोजगारी मेलालाई सफलतापूर्वक सम्पन्न गर्न दमक उद्योग वाणिज्य संघले विभिन्न १० वटा विभागीय उपसमितिहरु गठन गरि काम थालेको छ ।
संघको कार्यालयमा आज भएको सरोकारवालाहरुको भेलाले यहि १४ असारमा हुने बृत्ति विकास तथा रोजगार मेला कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । संघको आयोजना तथा दमक नगरपालिकाको सहयोगमा आयोजना हुने रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने भएको छ ।
गठित समितिको सदस्यहरुमा दमक नगरपालिका कार्यालय, प्रदर्शनी तथा महोत्सव व्यवस्थापन उप–समिति, दमक उद्योग वाणिज्य संघ कार्यसमिति तथा लेखा समिति, १० वटा बडाका वार्ड अध्यक्षहरु,लायन्स क्लवहरु, दमक जेसीज तथा स्थानीय सम्पूर्ण सामाजिक संघ संस्थाहरु ,सम्पूर्ण राजनैतिक दल ,सम्पूर्ण बस्तुगत संघहरु,रोजगार दाता संस्थाहरु, कन्सलटेन्सी तथा तालिम प्रदायक संस्थाहरु र स्थानीय कलेज तथा माध्यमिक विद्यालयहरु रहेका छन् । यसैगरि, खड्काकै संयोजकत्वमा पाँच सदस्यीय एक सचिवालय समिति समेत गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा राजु खड्का,ज्ञाननाथ पौडेल,प्रकास अधिकारी,कमल कटुवाल,राजेन्द्र दंगाल,भरत चम्लागाई र तीर्थराज बस्नेत रहेका छन् ।
यसैगरि, द्धितीय उपाध्यक्ष राजकुमार योङ्गयाको संयोजकत्वमा संजिव बराल, जीवन चुडाल, विष्णु सुब्वा, अविशेक धमला रहेको एक प्रचार उपसमिति गठन गरिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताएका छन् ।
यसैगरि, संघका सदस्य भेनष श्रेष्ठको संयोजकत्वमा प्रकास नेपाल,उमेश गजमेर,सन्तोष साह,प्रकास दाहाल सदस्य रहेको स्टेज सजावट तथा साउण्ड व्यवस्थापन, संघकी महिला उपाध्यक्ष शुष्मा निरौलाको संयोजकत्वमा हेमसागर अधिकारी,कविता अधिकारी रहेको उद्घाटन तथा समामन समारोह व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै, सदस्य टिकाराम खतिवडाको संयोजकत्वमा संगिता तुम्वापो,अन्जना ताम्रकार,पशुपति अधिकारी,गायत्री पौडेल सदस्य रहेको अतिथि सत्कार उपसमिति , तुलसीराम तिम्सीनाको संयोजकत्वमा सुवासचन्द्र गड्तौला,दिपक गौतम,विमल शर्मा,सदानन्द घिमिरे सदस्य रहेको चियापान व्यवस्थापन उपसमिति , संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीको संयोजकत्वमा तिलक डाँगी, सिमा अग्रवाल सदस्य रहेको स्टल व्यवस्थापन समिति , लेखा संयोजक नेत्रप्रसाद चम्लागाईको संयोजकत्वमा जिवन चुडाल,निरज विष्ट सदस्य रहेको अन्तरक्रिया तथा प्रतिवेदन लेखन र विवेक श्रेष्ठको संयोजकत्वमा पदम राउत,कृष्णराज दहाल सदस्य रहेको सुरक्षा तथा स्वयम सेवक परिचालन उप–समिति गठन गरिएको छ ।