शिक्षा ऐन शंसोधन गर्न नगरपालिका र कांग्रेसवीच सहमति

छलफलमा मेयर,उपमेयरसहित शिक्षा शाखा प्रमुख

दमक, असार ८ । दमक नगरपालिकाले बनाएको शिक्षा ऐनलाई शंसोधन गर्नका लागी कार्यपालिकामा छलफल गर्ने नगरपालिका र नेपाली कांग्रेसवीच सहमति भएको छ । नगरपालिकाले बिद्यालय ब्यवस्थापन समिति गठनका लागी पत्राचार गरेपछि आन्दोलित भएको नेपाली कांग्रेस दमक नगर समितिले संघिय ऐन बिपरित भएको बुदाँहरु हटाउनु पर्ने अडानमा रहेको छ ।
दमकको शिक्षा ऐनमा बिद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमति नभएमा नगर शिक्षा समितिले अध्यक्ष तोक्ने भन्ने प्राबधान राखेकोमा आफुहरुको आपत्ति रहेको कांग्रेस दमकका कार्यबाहक सभापति युवराज खनाल (सागर)ले जानकारी दिए । त्यसैगरी बिद्यालयको प्रधानाध्यापक छनौट गर्दा शिक्षकको योग्यता क्षमताको कदर गर्नु पर्ने पनि आफुहरुको माग रहेको उनले बताए । नगर प्रमुख, उप प्रमुखसंगको छलफलमा आफुहरुको असहमति रहेका बुदाँहरु जानकारी गराइएको र समस्या समाधान हुनेमा आशाबादी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.