व्यवसायीको आन्दोलन चर्कियो, ११ जना व्यवसायी पक्राउ

बिर्तामोड, ८ असार । निर्वाचित भएको एक महिना नपुग्दै झापाको विर्तामोडका उद्योगी–ब्यवसायीहरुले नगरपालिकाका प्रमुख र उपप्रमुखको राजीनामा माग गरेका छन् । विर्तामोडको कृषि उपज बजार परिसरमा ब्यापार गरिबस्ने ब्यवसायीहरुलाई विद्युत मिटर उपलब्ध गराउन सिफारिस दिनुपर्ने माग गर्दै धर्नामा बसेका ब्यवसायीमाथि आज धरपकड गरेपछि आक्रोशित बनेका ब्यवसायीहरुले नगर प्रमुख र उप प्रमुखको राजीनामा माग गरेका हुन् ।
विद्युत मिटर माग गर्दै ब्यवसायीहरु चारदिनदेखि निरन्तर धर्नामा थिए । आज पनि ब्यवसायीको धर्ना निरन्तर थियो । केहीछिन धर्नामा बसेपछि कृषि उपज बजार विकासमा ब्यवसाय गर्ने गरिमा राईले मन्तब्य राख्दै मानवको मौलिक अधिकार हनन् भएको बताए । त्यसलगत्तै विर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले मन्तब्य राख्दै आन्दोलनरत पक्षको सहभागिता विना बनाएको छानविन समिति अमान्य हुने धारणा राखे । नगरपालिकाले उक्त समस्या समाधानका लागि उप प्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा छानविन समिति बनाएपनि उद्योग बाणिज्य संघका प्रतिनिधि नराखिएपछि उद्योगीहरुले आन्दोलन जारी राखेका हुन् ।
ब्यवसायीहरुको आन्दोलनकै क्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, राजु न्यौपाने राधिका चुडाल, सन्तोष उप्रेती, तुलसा तामाङ सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.