दुर्घटनामा दुई जनाको ज्यान गयो

दमक, ८ असार । मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलवार राती साढे ७ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा प्रदेश १ –०२–०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारका क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।
यसैगरी मंगलवार साँझ सुन्दरहरैचा नगरपालिका–११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार ३० बर्षीया देव कुमारी श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाईते श्रेष्ठलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.