गौरादह ,८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारबाटै विद्यालय भवनको भर्चुअल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले डोरामारीका विद्यालय भौतिक रुपले सुविधासम्पन्न हुने बताए ।
डोरामारी विद्यालय आसपासका बासिन्दाको लामो समयको आकांक्षाले मूर्त रुप पाउन आँटेको धारणा राख्दै उनले विद्यालय भवन निर्धारित समयमै एवं गुणस्तरमा सम्झौता नगरी सम्पन्न हुने समेत उल्लेख गरे ।
उनले हरेक दिन मुद्दामामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि वर्तमान सरकारले परिणाममुखी कार्य गरिआएको दावी गरे । देशलाई विकास र समृद्धि बनाउनका लागि आफनो सरकारले विगत ३० वर्षमा नभएका उल्लेखीय काम गर्न सफल भएको उनको जिकीर थियो ।
पछिल्ला तीन वर्षमा देशभरि भएको दावी गर्दै प्रधानमन्त्रीले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेको उल्लेख गरे ।अहिले पनि देशलाई ताजा जनादेशतिर जान नदिने चौतर्फी प्रयास भइरहेको भनाई उनको भनाई थियो ।
यसअघि यसरीनै केहि दिन अघि मात्र प्रधानमन्त्री ओलीले दमककै हिमालय मावि , ढुकुरपानी माध्यमिक विद्यालयसहित दमक बहुमुखी क्याम्पसमा निर्माण हुने भवनको समेत शिलान्यास गरेका थिए ।