औद्योगिक पार्कको डीपीआर स्वीकृति

दमक,८ असार । दमकमा बन्ने भनिएको मुलुकै ठूलो औद्योगिक पार्क ‘चाइना नेपाल फ्रेन्डसिप इन्ड्रष्ट्रीयल पार्क’ को विस्तृत परियोजना प्रतिवेदन (एफडिआई ) ले स्वीकृति पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा आज बालुवाटारमा बसेको बोर्डको ४७ औं बैठकले उक्त पार्कको एफडिआई स्वीकृति गरेको हो । बैठकले विकासकर्तासँग परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पीडीए ) को लागि आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापाको दमकमा दुई बर्षदेखि औद्योगिक पार्कको काम शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published.