कमल १ मा जग्गादाताहरुलाई सम्मानसहित स्वास्थ्य शिविर

दमक,६ असार । झापाको कमल गाउँपालिका -१ मा आज जग्गादाताहरुको सम्मान एवं वृहत स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।सोलमारीस्थित वडा कार्यालयको नवनिर्मित भवन परिसरमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
वडा कार्यालयका लागि स्थानीय रामकृष्ण भट्टराई ४ कठ्ठा, विक्रम भट्टराई ३ कठ्ठा पाँच धुर, स्व. मानबहादुर, स्व. गंगादेवी, छोरा गणेश भट्टराई ३ कठ्ठा ५ पाँच धुर, बुवा पर्शुराम छोरा कुमार खड्का २ कठ्ठा, धर्मानन्द काफ्ले २ कठ्ठा, भीमकुमारी अधिकारी र खिनबहादुर अधिकारी १-१ कठ्ठा गरि कुल साढे सोह्र कठ्ठा निशुल्क जग्गादान गरेका थिए ।जग्गा दाताहरुलाई गाउँपालिका अध्यक्ष राई र वडाअध्यक्ष केदार कटुवालले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
यसैगरि, सोहि अवसरमा नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र वडा कार्यालयको संयुक्त आयोजनामा आयोजित वृहत स्वास्थ्य शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष कटुवालले जानकारी दिए । शिविरमा नाक, कान, घाँटी सम्बन्धि, जेनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग, आँखा जांच गरिएको थियो भने आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो । त्यस्तै, रक्तदानमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहित १४ जनाले रक्तदान गरेका थिए । शिविरमा रेडक्रसका सभापति चन्द्र साह, सचिव पारषमणी राई, कोषाध्यक्ष प्रमोद दाहाल ,जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।स्वास्थ्य शिविर दमकको आम्दा अस्पताल, मेची नेत्रालय र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो ।
यस्तै, वडाले कमल –१ का ११ वटै टोलका युवाहरुलाई फुटबल, जर्सी र भलिवल वितरण तथा वडाका अपांगता भएकालाई आवश्यक सहायता सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
उक्त नवनिर्मित भवन हिजो मंगलवार संघीय सरकारका युवा तथा खेलुकद मन्त्री डिकबहादुर लिम्बूले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.