
दमक,६ असार । यहाँस्थित दमक नगरको महिला भलिवल टिमले सुनसरीको धरानमा सम्पन्न भएको खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । आइतवार भएको फाईनल खेलमा सुनसरी महिला भलिबल क्लबलाई पराजित गर्दै दमकले उपाधि चुमेको हो ।
यसैवीच उपाधि जितेको दमक महिला टिमले आज प्रथम ट्रफि नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिका परिसरमा नगर भलिवल बिकास उप समितिले संक्षिप्त कार्यक्रम गरि उक्त ट्रफि खेलाडीहरुसहितको उपस्थितिमा नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगीना भट्टराईलाई हस्तान्तरण गरेका हुन् । दमक महिला भलिबल टिमकी क्याप्टेन नेगीसा गौतमले उक्त ट्रफि हस्तान्तरण गरिन् ।
भलिवल संघ दमकका तेजु धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापा, उप प्रमुख भट्टराई र प्रमुख प्रशासकिय अधिकृत शशी राईले खेलको क्षेत्रबाट नगरको नाउँ राखेको खेलाडीहरुलाई धन्यबाद दिँदै खेलकुद क्षेत्रको विकासमा सथानीय सरकारले सधै साथ र हौसल्ला प्रदान गर्ने जोड दिए ।
कार्यक्रममा भलिबल खेलका अन्तरष्ट्रिय खेलाडी भिष्मराज उप्रेती, नगर भलिबल बिकास समितिका उपाध्यक्ष प्रेम बाँस्तोला, सचिव राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।