ढुंगा प्रहारबाट कमलमा एकजना युवाको मृत्यु

दमक ,७ असार । ढुंगा प्रहारबाट झापाको कमल गाउँपालिकामा एकजनाको युवाको ज्यान गएको छ ।यसरी ज्यान जानेमा कमल गाउँपालिका ४ का ३५ बर्षिय सूर्यबिक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विहिबार साँझ ५.३० बजे मृतक लिम्बू र सोहि ठाँउका ३७ बर्षिय देवेन्द्र लावतीवीच एकापसमा विवाद हुन पुगेको थियो । दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुंगा प्रहारबाट सूर्यबिक्रम गंभीर घाइते भएका थिए ।

घाइतेलाई दमकको लाईफलाईन अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।
कुटपिट गर्ने लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.