दमक , ५ असार । दमककी लिम्बू भाषाकी गायिका दुर्गा तुम्सा संयकले राष्ट्रिय पुरस्कार पाएकी छन् ।भाषिक गायन क्षेत्रमा निकै संघषशील तुम्साले चौथो क्वालिटी इन्टरटेमेन्ट अवार्डले प्रदान गर्ने ‘वेष्ट सिंगर –२०८१ ’को एवार्ड पाएकी हुन् । चौवीस्मा मेन्छेयम गीतकी गायिका तुम्साले उक्त अवार्ड पाएकी हुन् ।
क्वालिटी फिल्मस प्रालिका अध्यक्ष उमेश गुरुङको अध्यक्षता तथा मलेसियाका लागि नेपाली राजदुत डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा चार दिन अघि काठमाण्डौमा विशेष कार्यक्रम गरि ती एवार्डहरु वितरण गरिएको थियो ।
यसअघि गायिका तुम्साले हालै हङकङमा पालामको प्रस्तुति दिनुका साथैं विभिन्न संघसंस्थाहरुबाट सम्मानित भएकी छन् । पहिलोपटक अन्तराष्ट्रियस्तरको सांगीतिक कार्यक्रममा सहभागि भएकी गायिका तुम्सालाई त्यहाँका आधा दर्जन बढी संघसंस्थाहरुले सम्मान दिएकी हुन् ।
कर्मिलालाई ‘जुली अवार्ड ’
यसैगरि, भाषिक गायिका कर्मिला आङदेम्बेले पनि जुली अवार्ड जितेकी छन् । पाँचथर घर भई हाल इलामको चुलाचुलीस्थित बुकुवामा बस्दैआएकी गायिका कर्मिलाले तुखेसो पाना बोलको पालामबाट जुली अवार्ड पाउन सफल भएकी हुन् ।
आयोजक संस्थाले भाषिक गीत ,संगीत क्षेत्रमा आदिवासी जनजाति समुदायका प्रतिभाहरुलाई प्रोत्साहन गर्न बर्षेनी विभिन्न क्षेत्रका सर्जकहरुलाई सम्मान गरिआएको छ ।