किसान महासंघ कोशीको अध्यक्षमा भट्टराई

दमक ,५ असार। नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा दमकका राजेन्द्र भट्टराई मनोनित भएका छन् । महासंघ झापाका अध्यक्ष समेत रहेका उनलाई कोशी प्रदेश समितिको अध्यक्षको जिम्मेवारी दिएको हो ।
भट्टराई विगत १२ वर्षदेखि झापाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले मनोनयन गराएका हुन् ।
नेपाल किसान महासंघलाई कोशी प्रदेश अध्यक्षमा मा भट्टराईलाई मनोनयन गरिएको छ, संगठन विस्तार गर्ने र कोशी प्रदेशका सबै जिल्लाका अधिवेशन केन्द्रहरू लिने जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.