विराटनगर,४ असार । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ । सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो ।
वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए। उनले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै वार्ता पुनः बस्ने सहमति रहेको बताए ।
पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए।
०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको कोशी नामको विरोधमा पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन् ।