वजेटका बारेमा दमकका पत्रकारहरुसंग अन्तरकृया

दमक,३ असार । दमक नगरपालिकाले स्थानीय पत्रकारहरुसंग अन्तरकृया गरेको छ ।नगरपालिकाको राजस्व परामर्श समितिको आयोजनामा आज नगरपालिकाको सभाहलमा दमकलाई आधार बनाएर पत्रकारिता गरिरहेका पत्रकारसँग छलफल गरेको हो । आगामी वजेटमा सञ्चार सम्बन्धी कार्यक्रममा जोड दिने उद्देश्यले आयोजित अन्तरकृयामा सहभागिहरुले सञ्चारसहित जनसरोकारका विषयमा बजेट तथा कार्यक्रमका विषयमा सुझाव दिएका थिए ।
नगरपालिकाको बैठक कक्षमा भएको सो छलफलमा पत्रकारहरुले नगरपालिकालाई सूचनामैत्री बन्न सुझाव दिएका थिए । त्यस्तै नगरपालिकाले शिक्षा, स्वास्थ्य ,मानवीय शंसाधनका कार्यक्रममा वजेटको प्राथमिकता हुनुपर्ने उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा पत्रकार महासघं कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, सदस्य विष्णु सुब्बा, महासघं झापाका कार्यसमिति सदस्य चिरन घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टिकाराम उप्रेती, विष्णु पोखरेल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस यूनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, चौतारी माईपश्चिमका अध्यक्ष भूमिराज पराजुली, यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेल लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।
पत्रकारहरुको सुझाव प्रति धन्यवाद दिदै नगरकी उप–प्रमुख तथा बजेट निर्माण समितिकी संयोजक समेत रहेकी रेगिना भट्टराई प्रसाईले पत्रकारिता पेशालाई सुरक्षित तथा प्रर्वद्धन गर्न स्थानीय सरकारले सहयोग पुरयाँउने प्रतिवद्धता जनाईन् ।
छलफलमा उप प्रमुख भट्टराईसहित प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला, लेखा अधिकृत देवीप्रसाद कोइराला , इन्जिनीयर अनन्त सेनेहाङ लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.