
गौरीगंज ४, असार । गौरीगंज गाउँपालिका वार्ड नं १ ले वार्ड भित्रका कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ ।
घरदेखि विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्ले वार्ड भित्रका ११ कक्षामा अध्ययनरत ४७ जना छात्राहरुलाई आज शुक्रवार वार्ड कार्यालयले साइकल वितरण गरिएको वडाअध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
साइकल वितरण कार्यक्रममा वार्ड सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, टंक प्रसाद श्रेष्ठ, सुनिता पासवान, कार्यपालिका सदस्य भिम प्रसाद राजवंशी, बाल कल्याण माविका प्रअ भिम कोइराला, प्रअ तेजनारायाण राजवंशी, प्राविधिक सन्तोष ढकाललगायतको सहभागिता थियो । वार्डको सिलिङ्ग वजेटको ४ लाख १० हजार रुपैयाँमा ६० जना छात्राहरुलाई साइकल वितरण गरिएको वार्ड अध्यक्ष राजवंशीले जानकारी गराए । उनले ६० जना मध्ये आज ४७ जनालाई साइकल वितरण गरिएको र अब बाकी रहेकालाई पनि क्रमशः वितरण गरिने बताएका छन् ।