क्लवद्धारा विपन्नलाई खाद्यान्न राहत

कमल,४ असार । कमल गाउँपालिका ५ मंगलवारे वजारस्थित सगुन युवा क्लवले निषेधज्ञा का कारण दैनिक गुजारा गर्न समस्या भएका २५ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।
बाल्यकालमा मंगलवारेमा हुर्किएर हाल रोजगारीका क्रममा युके बस्दैआएकी एक चेलीको सहयोगमा क्लवले असहाय,एकल तथा अति विपन्न परिवारलाई छनौट गरि दैनिक उपभोग्य चामल,तेल,सोयाविन,नुन लगायतका खाद्यान्न राहत सामाग्री वितरण गरिएको सचिव रोशन दाहालले बताए । वितरण गरिएको राहत सामाग्री ३२ हजार ३४० रुपैया बरावरको खाद्यान्न रहेको क्लवले जनाएको छ ।
उनका अनुसार श्रीमान गुमाएकी लिला ताजपुरिया , देव ताजपुरिया ,फुदो ताजपुरिया ,चित्रा दर्जी, ईन्दिरा दर्जी ,नैनाकला दर्जी, रामवति राजबंशी ,तालामुई मूर्मु ,लला कुमारी नेपाली , बुडो चौधरी, मंगली योङयाङ , गाठिलालनी ताजपुरिया, बाङ्गरू राजबंशी , राजु राजबंशी ,वीर बहादुर तामाङ ,मिना भुजेल , धारू राजबंशी , बिनोद राजबंशी ,दुर्गा पौडेल ,प्रमिला ताजपुरिया , रिता मुर्मु लगायतको घर घर पुगेर त्यस्तो राहत वितरण गरिएको छ ।
राहत वितरणमा क्लवका अध्यक्ष देवी आङदेम्बे लगायतका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.