दलहरु मस्त, निर्यात सुस्त

संसारभरिका राष्ट्रहरू कोभिड -१९ को महामारीबाट आफ्ना देशका नागरिकलाई सुरक्षित राख्न र स्वास्थ्य समस्यामा परेकालाई उपचार गर्न हरेक उपायको खोजीमा सक्रिय भएका भएपनि खासै प्रभावकारी वन्न सकिरहेको छैन् । जसका कारण कोरोनाको कारण सर्वसाधारण जनताले अकालमा आफ्नो ज्यान गुमाउने परेको अवस्था छ ।
कोभिड संक्रमणबाट विरामी भएका लागि राज्यले निशुल्क उपचार गर्ने व्यवस्था गरिएको भएपनि अस्पतालमा उपचारको प्रबन्ध प्रभावकारी वन्न सकेको छैन् । निजी अस्पतालले विरामीलाई मनपरी उपचार शुल्क लिदैआएका छन् । पहुंचवालाले राज्यको सुविधा प्राप्त गरिआएका भने निमुखा,सर्वसाधाण नागरिक भने राज्यको उपचार व्यवस्था उपभोग गर्न पाएका छैनन् ।
त्यसो त संक्रमणबाट थोरै भएपनि सुरक्षित वनाउन सरकारले जनताको लागि खोप सञ्चालन गरिआएपनि अझै शुनिश्चित गर्न सकेको छैन् । छिमेकी राष्ट्रहरूबाट अनुदानमा उपलब्ध हुने खोप र अक्सिजन सिलिन्डरमा पार्टीका कार्यकर्ता,मन्त्रीका आफन्तजन र आसेपासे को बोलवाला रहेको छ ।

………………………………………………………………….. …………………………… ……………………………………

लामो सङ्घर्ष र अथक प्रयासपछि निर्माण भएको वर्तमान कम्युनिष्ट पार्टीको बहुमतको सरकार अन्तर बिबाद,घर झगडा र पदिय भागवण्डाको दलदलमा फसेको छ । सरकार अन्धभक्त भएर भष्मासुर नृत्य देखाउँदै छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मणि हराएको सर्प जस्तै भएको छ । विश्व अहिले कोरोना महामारीले आक्रान्त बनेको छ । संसारभरिका राष्ट्रहरू कोभिड -१९ को महामारीबाट आफ्ना देशका नागरिकलाई सुरक्षित राख्न र स्वास्थ्य समस्यामा परेकालाई उपचार गर्न हरेक उपायको खोजीमा सक्रिय भएका भएपनि खासै प्रभावकारी वन्न सकिरहेको छैन् ।जसका कारण कोरोनाको कारण सर्वसाधारण जनताले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।
कोभिड संक्रमणबाट विरामी भएका लागि राज्यले निशुल्क उपचार गर्ने व्यवस्था गरिएको भएपनि अस्पतालमा उपचारको प्रबन्ध प्रभावकारी वन्न सकेको छैन् । निजी अस्पतालले विरामीलाई मनपरी उपचार शुल्क लिदैआएका छन् । पहुंचवालाले राज्यको सुविधा प्राप्त गरिआएका भने निमुखा,सर्वसाधाण नागरिक भने राज्यको उपचार व्यवस्था उपभोग गर्न पाएका छैनन् ।
त्यसो त संक्रमणबाट थोरै भएपनि सुरक्षित वनाउन सरकारले जनताको लागि खोप सञ्चालन गरिआएपनि अझै शुनिश्चित गर्न सकेको छैन् । छिमेकी राष्ट्रहरूबाट अनुदानमा उपलब्ध हुने खोप र अक्सिजन सिलिन्डरमा पार्टीका कार्यकर्ता,मन्त्रीका आफन्तजन र आसेपासेको बोलवाला रहेको छ ।
मेचीदेखि महाकालीसम्म र हिमालदेखी तराई ,मधेससम्मका गाउँ गाउँमा महामारीको आगो सल्किएको छ । महामारीको डडेलोलाई निभाउन देशभरिका सबै राजनैतिक दल,संघ संस्था र नागरिक समाजसँग सरकारले हातेमालो गरी अगाडि बढेमा मात्र महामारीबाट बच्न सक्ने सम्भावना देखिन्छ ।
अर्कातिर ,कोरोना महामारीले आक्रान्त पारेको जनजीवनमा राष्ट्रको व्यापार चौपट भएको छ ।दैनिक उपभोगका सामानहरुको मूल्य आकासिएको छ । जनमन गरेर छाक टार्ने वर्गको दैनिकी कष्टकर भएको छ । नेपालको निर्यात व्यापारमा ठूलो व्यवधान सृजना भएको छ जसले गर्दा, अरबौंको व्यापार घाटा भएको छ । आयात र निर्यात बीचको सन्तुलनमा ठूलो आर्थिक खाडल पैदा भएको छ ।नेपालको आयात र निर्यात व्यापारमा छिमेकी राष्ट्रहरु चीन र भारत सँगको तुलनामा मित्र राष्ट्र भारतसँग मात्र सहज र सरल भएको छ ।
उत्तरी छिमेकी राष्ट्र चीनसँगको व्यापारमा असहजता देखिएको छ । विगत लामो समयदेखि चीनले कोभिडको कारण देखाउँदै नेपाल चीन व्यापारिक केन्द्र रसुवा तातोपानी नाकाबाट निर्यातमा रोक लगाउँदा नेपालको चीन सँगको निर्यात शुन्य नै भएको छ । गत आर्थिक वर्ष २०७७ मा १३ अर्ब रुपैयाँ बराबरको आयात गरेतापनि निर्यात भने शुन्य छ । नेपालबाट चीन हुँदै विश्व बजारमा निर्यात हुने नेपाली वस्तु निर्यात हुन नपाउँदा नेपाली व्यापारीको खरबौको लगानी धरपमा परेको छ । नेपालले चीनसँग गरेको व्यापार तथा पारवहन सन्धि ले ५ वर्ष टेकिसक्यो तर उपलब्धि हासिल हुन सकेको छैन । पारवहन सन्धिको उपभोगको कुरा त टाढाको भयो उल्टै विभिन्न अल्झन लगाएर चीनले नेपालको निर्यातमा असहजता सृजना गराएको छ । विडम्बना ,नेपाली वस्तुलाई कोरोनाको विषयसँग जोडेर निर्यातमा कडाई गरिदैआएको छ ।

निर्यातमा कडाइ गरे पनि आयातमा त्यस्तो कडी कडाइ गरिएको छैन । नेपाल सरकारले गरेको आग्रहलाई कुनै सुनुवाई नै नगरी चीन सरकारले नेपाली वस्तुको निर्यातमा रोक लगाउदा नेपालको व्यापार घाटामा ठूलो वृद्धि भएको छ ।यस्तो विषम परिस्थितिमा पनि एउटा असल मित्र राष्ट्रले गर्न नहुने काम चीन सरकारले गरेको छ । विश्व अर्थतन्त्रको नायक हूँ भन्ने राष्ट्रले नेपाल जस्तो गरीब र विकास उन्मुख राष्ट्रलाई निषेध गरेर होइन साथ दिएर अघि बढनु बुद्धिमानी हुनेछ । (लेखक, संघीय लिम्बूवान पार्टीका उपमहासचिव हुन् )

Leave a Reply

Your email address will not be published.