उपाध्यक्ष खरेलको स्मृतिमा अक्षयकोष स्थापना

खरेलको परिवारलाई समवेदनापत्र हस्तान्तरण गर्दे प्रदेश मन्त्री सरावगी

बिर्तामोड, ३ असार । सवारी दुर्घटनामा परी निधन भएका बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको स्मृतिमा रु १३ लाखको अक्षयकोष स्थापना गरिने भएको छ ।
संस्थाले आज आफना उपाध्यक्ष सव. खरेलको सातौं दिनको पुण्यतिथि अवसर पारेर उक्त अक्षयकोषको घोषणा गरिएको सचिव भूपाल बस्नेतले बताए । सहकारी क्षेत्रमा सेवा पुरयाँउने उद्देश्यले कर्णाली शाकोस सञ्चालक ,कर्मचारी ,परिवारजन तथा विभिन्न संघसंस्थाबाट रकम संकलन गरि उक्त कोष स्थापना गरिने उनले बताए ।
उनका अनुसार अक्षयकोषको रकमबाट सहकारीसंगै समाजमा रहेका अति गरीव तथा विपन्न परिवारको शिक्षा , रस्वास्थ्य,व्यावसायिक तालिमको लागि खर्च गरिने छ ।
आजै स्व. खरेलको परिवारलाई सहकारीका तर्फबाट प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले समवेदनापत्र हस्तान्तरण गरे । कार्यक्रममा दिवंगत खरेलप्रति समवेदना व्यक्त गरिनुका साथै सोही सवारी दुर्घटनामा परी घाइते भएका अध्यक्ष टसबहादुर प्रधान , कोषाध्यक्ष एकराज बिष्टलगायतको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । त्यस्तै बिएण्डसी हस्पिटलमा उपचाररत संस्थाका पूर्व सचिव एवं प्रवन्धक दिलकुमार राईको पनि शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।कार्यक्रममा सहकारीका संचालक सदस्यहरुसहित कर्णाली साकोसका विभिन्न क्षेत्रका ४३ वटै सेवाकेन्द्रका कर्मचारी , शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
गत जेठ २८ गते साँझ इलाम जाँदै गर्दा सहकारी सञ्चालक सवार स्कोरपियो दुर्घटना हुँदा खरेलको मृत्यु भएको थियो भने अध्यक्ष प्रधानसहित ५ जना घाइते भएका थिए । स्व. खरेल बिर्तामोड –३ दरवार चौकमा स्थायी रुपमा बसोवास गरिआएका थिए ।…

Leave a Reply

Your email address will not be published.