माओवादी अध्यक्ष प्रचण्ड दमक आउदै

दमक ,२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) दमक आउने भएका छन् । पार्टीको यहि असार ६ र ७ गते दमकमा हुन लागेको १ नम्बर प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दमक आउन लागेको पार्टी स्रोतले जनाएको छ ।

प्रदेश १ स्तररिय बैचारिक राजनैतिक प्रशिक्षण तथा जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्न पार्टी अध्यक्ष प्रचण्ड दमक आउन लागेको माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले जानकारी दिए । पार्टी अध्यक्ष दमक आउने निर्णय भएसंगै आवश्यक तयारी तीव्र पारिएको उनले जनाए ।

प्रदेश र केन्द्रको चुनाब नजिकिदै गरेको बेलामा प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक आउन लागेकाले अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published.