धिमालको सिरिजात पर्वमा आज दमकमा विदा


दमक, २ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात-जातिरिको अवसरमा आज विहिबार नगर भित्र स्थानीय विदा दिएको छ ।
नगरपालिकाको सूचना निकालेर आज असार २ गते धिमाल जातिको सिरिजात-जातिरि पर्व परेकाले त्यस दिन नगर भित्रका वडा कार्यालय, सम्पूर्ण सरकारी कार्यालयहरु, शैक्षिक संस्था लगायतका सवै कार्यालयहरुमा एक दिनका लागि स्थानीय विदा दिइएको उल्लेख छ ।
नगरपालिकाले धिमाल जातिलाई प्रथम नागरिक भनेर यसअघिको स्थानीय सरकारले घोषणा गरेको थियो । झापा, मोरङ र सुनसरीमा मात्र बसोबास रहेको प्रकृतिपूजक आदिवासी धिमालहरुले आज सिरिजात पर्वमा विभिन्न कार्यक्रम गरि मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published.