
दमक,१ असार । जिल्ला भलिवल संघ झापाले नयाँ नेतृत्व पाएको छ । भलिवल संघको बुधबार सम्पन्न जिल्ला अधिबेशनले शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको संघका १ नम्बर प्रदेश समितिका सदस्य रोशन दाहालले बताए ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा कृष्ण खड्का ,राजु पाठक, महासचिवमा खडानन्द खतिवडा र कोषाध्यक्षमा इन्द्र बुढाथोकी चुनिएका छन् । यसैगरि, उमा लिम्बू ( बोहोरा ),प्रमोद पाण्डे, भिष्मराज उप्रेती,जय श्रेष्ठ , गजेन्द्र ताम्ली र निर्मल बाँस्तोला चुनिएका छन् । संघको नयाँ नेतृत्व चयन गर्न मदन खड्काको संयोजकत्वमा उत्तमकुमार पौडेल,हेमा थापा,प्रवेश श्रेष्ठ र रोशन दाहाल रहेको पाँच सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा भएको अधिबेशन भएको थियो ।