सक्रिय पत्रकार सञ्जालको कार्यालय उद्घाटन (फोटोफिचर )

दमक,३१ जेठ । नवगठित सक्रिय पत्रकार सञ्जालले आफनो कार्यालय सञ्चालनमा ल्याएको छ । आज बुधबार दमक- ८ मा एक संक्षिप्त कार्यक्रम गरि विधिवत कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको समृद्धि र विकासमा सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने चर्चा गरे । स्थानीय सञ्चार क्षेत्रलाई नगरपालिकाले यथासक्य सहयोग पुरयाउँदै आएको भन्दै उनले आगामी नीति तथा कार्यक्रमसहितको वजेटले पनि सञ्चार क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै नगर उपप्रमुख रेगीना भट्टराई प्रसाईले पत्रकारहरुको पेशागत र सुरक्षाका सवालमा स्थानीय सरकारले सहयोग पुरयाउँने स्पष्ट पारिन् ।
सञ्जालका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा तथा सञ्जालका उपाध्यक्ष अनिल देव राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्र्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, प्रेस संगठनका नेता डण्डीराज घिमिरे, गौरादह पत्रकार मञ्चका अध्यक्ष सुदिप अधिकारी लगायतले बोलेका थिए । उनीहरुले सञ्चार क्षेत्रको व्यवसायिक बृद्धिविकासमा नवगठित पत्रकार सञ्जालले काम गर्ने शुभकामना दिएका थिए ।
उद्घाटन कार्यक्रममा पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिष्णु सुब्बा, महासंघ झापाका सचिव डिकेश लामा, दमक उद्योग वाणिज्य संघका सदस्य चन्द्र खत्री, नेविसंघ नगर सभापति बिशाल अधिकारी ,किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लगायत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.