
दमक,१ असार । झापाको कमल गाउँपालिका ७ स्थित किरात युमा माङहिमले अधुरो भवन निर्माणका लागि वजेट विनीयोजन गर्न माग गरेको छ ।
बुधबार पालिकामा पुगेर निर्माणाधीन भवन कार्य सम्पन्न गर्न रु १० लाखको वजेट उपलव्ध गराईदिन माग गरेको उपाध्यक्ष पूर्णकुमार मावोले बताए । माङहिमको एक टोलीले आफना माग पत्र पालिका अध्यक्ष हुकुमसिंह राईलाई बुझाएका हुन् । मागपत्र बुझदै अध्यक्ष राईले आवश्यक वजेट उपलव्ध गराउन पहल गर्ने आश्वासन दिए । मागपत्र हस्तान्तरणमा माङहिम उपाध्यक्ष मावो,सचिव बिष्णु सुब्बा, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष शेसेहाङ फियाक लगायतको उपस्थिति रहेको थियो ।