झापामा २०८ संक्रमित, १७७ जना डिस्चार्ज र ४ को मृत्यु

दमक,१ असार । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २०८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ४ जना छन् । जसमा शिवसताक्षी–८ का ५७ वर्षीय पुरुष, अर्जुनधारा–६ का ५५ वर्षीय पुरुष, उर्लाबारी–७ का ८५ वर्षीय पुरुष र बिर्तामोड–१ की ७७ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

दमकमा ३ महिलासहित ५ जना, बिर्तामोडमा २४ महिलासहित ५२ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा १४ महिलासहित २५ जना, भद्रपुरमा १० महिलासहित २५ जना, कनकाईमा ६ महिलासहित ९ जना, हल्दिबारीमा ४ जना महिला, अर्जुनधारामा ५ महिलासहित १० जना, बुद्वशान्तिमा २ महिलासहित ७ जना, कमलमा १ जना महिला, शिवसताक्षीमा १ महिलासहित ४ जना, बाह्रदशीमा १ महिलासहित २ जना, झापामा १ महिलासहित २ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या १२५१७, डिस्चार्ज ९८१०, आइसोलेसनमा २४१७ जना, कुल संक्रमित एन्टिजेन १५३४ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या ३०६ जना र आज निको भएर घर फर्किएका १७७ जना रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.