हेफरको झापा र मोरङमा ४० लाख ५० हजारको सहयोग

पथरीशनिश्चरे , ३१ जेठ । हेफर इन्टरनेशनले कोराना संक्रमितको उपचारमा सघाँउ पुरयाँउन आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर आइसोलेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
हेफरले आफ्नो सहयोगी संस्था अभियान नेपालमार्फत कृषि र पशुपालन परियोजना चलाइ रहेका झापा र मोरङ जिल्लाका ५ पालिकाले संचालन गरेका आइसोलेसनमा सहयोग प्रदान गरेको हो ।
सो संस्थाले यि दुई जिल्लाका आफ्नो कार्यक्षेत्रमा पर्ने पालिकामा ४० लाख ५० हजार रुपैयाँ बराबरको सहायता प्रदान गरेको छ ।
संविधानसभा सदस्य समेत रहेका अभियान नेपालका प्रमुख प्रेम गिरीको टोलीले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य लगायतको उपस्थितिमा सो ५लाखको चेक हस्तान्तरण गरिएको थियो । उक्त रकम चौतारी सामुदायिक उधमी महिला सहकारी संस्थामार्फत प्रदान गरिएको थियो ।
उक्त अवसरमा उपप्रमुख वास्तोलाले कोरोनाले निम्त्याएको अप्ठेरो अवस्थामा हेफरबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद दिनुभयो ।
उक्त संस्थाले कोरोना संक्रमितको संख्या र मृत्यु हुने दरका आधारमा आफ्नो कार्यक्षेत्र रहेको ५ पालिकामा आर्थिक सहायता प्रदान गरि सकेको उल्लेख छ ।
सहयोग गर्ने शिलशिलामा सो संस्थाले कानेपोखरीमा १२ लाख ५० हजार, सुन्दरहरैंचामा ७ लाख ५० हजार, बेलबारीमा ७ लाख ५० हजार र पथरी शनिश्चरेमा ५ लाख बराबरको सहायता रकम प्रदान गरि सकेको छ भने सोमबार भालि झापाको अर्जुनधारामा ८ लाख रुपैयाँ सहयोग गर्ने लागिएको जनाइएको छ ।
त्यसैगरी, आइसोलेसनका लागि हाइभिजन अर्गानिक कृषि फर्म प्रालि काठमाडौंले आफ्नो सदस्य भोजराज घिमिरेमार्फत ७ सेट पीपीइ उपलब्ध गराएको छ ।
साथै ,आजै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नम्बर प्रदेशले पनि २० विरामीका लागि पुग्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published.