जीवनचक्रको रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम

दमक ,३१ जेठ । सामाजिक कार्यमा सक्रिय संस्था जीवनचक्र समाज नेपालले शनिवार रक्तदान सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरेको छ ।२२ओै विश्व रक्तदाता दिवसको अवसर पारेर आयोजना गरिएको सो सचेतनामूलक अभिमुखीकरण कार्यक्रममा रक्तदानको महत्वका विषयमा सहजकर्ता समेत रहेका संस्थाका अनुसासन समितिका संयोजक बासुदेव काफ्लेले प्रस्तुति दिएका थिए ।

उनले विश्व रक्तदाता दिवसको सान्र्दभिकता , रगत दिदाँ शरीरलाई हुने फाइदा र यसको महत्वका विषयमा सचेतनामूलक प्रस्तुति राखेको उक्त कार्यक्रमका संयोजक वेनुराज प्रसाईले जानकारी दिए ।

दमक -७ का कार्यवहाक वडाध्यक्ष अतित वान्तवाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकी लगायतका बिभिन्न सामाजिक संघसंस्था, व्यवसायीहरु तथा विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सो कार्यक्रममा संस्थाकी कार्यसमिति सदस्यले लक्की सिटौलाले कार्यक्रमको विषयमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रम संयोजक समेत रहेका संस्थाका कार्यवहाक अध्यक्ष बेनुराज प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाको परिचय सहित स्वागत संस्थाका संस्थापक अध्यक्ष गणेशप्रसाद गौतमले गरेका थिए भने सञ्चालन संस्थाका सचिव गणेश प्रधानले गरेका थिए ।

जीवनचक्र सम्मानित
प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ झापाले जीवन चक्र समाज नेपाललाई सम्मान गरेको छ । २२ओैं विश्व रक्तदाता दिवसको अवसरमा शनिवार एक कार्यक्रम वीच संस्थालाई सम्मान गरेको हो ।
रक्तदान, सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुरयाँएको भन्दै संस्थाले जीवनचक्र समाजलाई सम्मानपत्र सहित सम्मान प्रदान गरेको हो ।

 

Leave a Reply

Your email address will not be published.