दमक,३२ जेठ । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमीटेडले शुक्रवार शेयर सदस्यहरुका लागि सदस्य शिक्षा सञ्चालन गरेको छ ।संस्थाको १४ औं स्थापना दिवसको अवसर पारेर आफ्ना नयाँ सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरिएको हो । संस्थाको आफनै सभाहलमा आयोजित सो कार्यक्रममा नयाँ सदस्यहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक समेत रहेका विनोद ढकालको प्रमुख आथित्यतामा कार्यक्रममा नयाँ सदस्यहरुलाई सहकारीमा बचत गर्नुका फाइदाका विषयमा अभिमुखीकरण प्रदान गरिएको संस्थाका सचिव सञ्जय कुमालले बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो भने नयाँ सदस्यहरुलाई शेयर सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरि, संस्थाले बार्षिकोत्सवका अवसरमा आगामी असार ३ गते बृक्षरोपण कार्यक्रम र असार ६ गते रक्तदानसहित छाला यौंन तथा सौन्दर्य तथा दन्त परीक्षण समेत आयोजना गरिएको संस्थाका कर्मचारी प्रदिप बस्नेतले जानकारी दिए ।