दमक अस्पतालमा एक विरामीको पाठेघरबाट ९ किलोको सिस्ट निकालियो

दमक,३१ जेठ । सरकारी अस्पताल दमक अस्पतालमा एक बिरामीको पेटबाट ९ किलोको सिस्ट निकालिएको छ । पाँचथर रानी गाऊकी ४८ वर्षकी कमला तामाङको पाठेघर रहेको उक्त सिस्ट शल्यक्रिया मार्फत निकालिएको अस्पतालले जनाएको छ । अस्पतालकी सूचना अधिकारी देवी दंगालका अनुसार अस्पतालमा यती ठूलो सिस्टको शल्यक्रिया पहिलो पटक गरिएको हो ।
दंगालका अनुसार करिब ६ महिना अगाडिदेखि तामाङको पेट असामान्य तरिकाबाट बढ्दै गएको थियो। उनी चेकअपको लागि गत फागुनमा डा. दीप्ति कुँवरको सम्पर्कमा आएकी थिइन्। सोही समयमा उनको पाठेघरमा मासु पलाएको पत्ता लागेको थियो र शल्यक्रियाको गर्न भनिएको थियो । सोहि अनुसार बुधवार उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि विरामीको अवस्था सामान्य रहेको छ ।
शल्यक्रियामा स्त्री रोग विशेषज्ञ डा. दीप्ति कुँवर, फिजिसियन डा. योगेश चेम्जोङ, एनेस्थेसियोलोजिस्ट डा.उद्धव अधिकारी, एनेस्थेसिया असिस्टेन्ट देवी दंगाल, निशा देवकोटा, नर्स पूजा आचार्य, चन्द्रकला राना, सरिता खड्का लगायतको टिम संलग्न थिए ।

Leave a Reply

Your email address will not be published.