
गौरादह,३० जेठ । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।आज साँझ ५ बजे तिर गौरादह १ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले सोही ठाउँका राम प्रसाद अधिकारीको ९ बर्षिय छोरा गौरव अधिकारीलाई ठक्कर दिदाँ मृत्यु भएको हो ।
ठक्करबाट गंभीर घाईते बालकलाई तत्काल उपचारका लागि दमक अस्पताल ल्याइएकोमा साँझ ६.४० बजे उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी र चालक झापा, कमल गाउँपालिका १ का २६ बर्षिय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।…