झापाको पुरानो शिवगञ्ज बजारको मुहार फेरिदै

शिवसताक्षी ,३० जेठ ।झापा ,शिवसताक्षीको एक मात्र पुरानो शिवगञ्ज बजारको मुहार फेरिदै गएको छ । वडा कार्यालयको पहलमा त्यहाँको वजार क्षेत्रको स्तरनन्ति गरेसंगै बिस्तारै चहलपहल बढ्न थालेको हो ।
वडा कार्यालयका अनुसार वजार क्षेत्रमा हालै मात्र इन्टरकल ब्लक विच्छाइएको छ । इन्टरलक क्लक विच्छाइएपछि बजार सुन्दर सफा देखिएको छ । लामो समयपछि शिवगञ्ज बजारमा सुन्दरता थपिएको छ भने, व्यापारीहरुलाई समेत सहज हुने भएको छ ।
प्रदेश सरकारको ३८ लाख ४० हजार र उपभोक्ता समितिको ९ लाख ६० हजार लागतमा बजारमा इन्टरलक क्लक सहित पानीको ढल निकास कार्यको आइतवार प्रदेश नं १ का कृषि तथा पशुपालन मन्त्री झलकसिं दर्लामी मगर र शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन )ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उदघाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले शिवसताक्षीका भएका बजारहरु निर्माण, चिस्यान केन्द्र निर्माण, प्रारगाङ्गीक मल उत्पादन केन्द्र निर्माण गर्ने योजनाहरु प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । उनले यसअघि झिलझिले बधशालालाई आधुनिकीकरण गर्न, शुक्रबारे बजार, मंगलबारे बजार, नयाँ बजार, ब्याङ्डाँडा बजारलाई प्रदेश सरकारबाट बजेट विनियोजन गरिसकेको पनि स्मरण गराए । मन्त्री दर्लामीले आगामी दिनमा सबै कृषि बजारहरुलाई ब्यवस्थित बनाउन पनि जोड दिए ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षीको शिवगञ्ज बजारमा सुन्दरता थपिएको भन्दै प्रदेश सरकार, निर्माण उपभोक्ता समितिलाई समेत धन्यवाद दिएका थिए । उनले बाँकी रहेका बजार व्यवस्थापन, अन्य कामहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।
शिवसताक्षी नगरलाई आर्थिक केन्द्र बिन्दु बनाउन झापा गाउँपालिका र शिवगञ्ज जोड्न कनकाई नदीमा पुल निर्माण गर्न यसैबर्षदेखि शुरु गर्न प्रारम्भिक बजेट ५ करोड २५ लाख रुपैयाँ विनियोजन भइसकेको नेकपा (माओवादी केन्द्र ) का शिसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
उदघाटन कार्यक्रममा नगर प्रमुख थोप्रा, उपप्रमुख नरमाया कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष महेन्द्र भट्टराई वडाध्यक्ष मनोज खुलाल, सिकिन पासवान, सामाजिक ब्यक्तित्व मिलन ढुंगाना, सुमन काफ्ले, रामबहादुर राई, कचाली ताजपुरिया लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रम भिम बोहराको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.