दमकमा इसाई समाजद्धारा ‘विद्यार्थी जीवनवृति परामर्श गोष्ठी’

दमक, ३१ जेठ । दमक नगर इसाई समाजले आज दमकमा ‘एकदिवसीय विद्यार्थी जीवनवृति परामर्श गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थीहरुले आगामी दिनको योजना बनाउने, भविष्य सफल र उत्कृष्ट जीवनयापन गर्न सैन्द्धान्तिक तथा व्यवहारिक पक्षहरुका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष पाष्टर आकाश थुलुङले बताए ।

दमकस्थित होटल फाइनमा आयोजित परामर्श गोष्ठीमा दमकका स्थानीय विद्यालय, कलेज र क्याम्पसहरुमा अध्ययनरत ६३ जना विद्यार्थीहरुको सहभागिता थियो ।

गोण्ठीमा काठमाण्डौं नयाँबानेश्वरस्थित केएमसी कलेजका अध्यापक राजन पौडेलले सहजीकरण गरेका थिए । सो क्रममा सहजकर्ता पौडेलले करियर भनेको के हो ? क्यारियर योजना र क्यारियर विकास बीचको भिन्नता, क्यारियर योजना सुरु कहिलेबाट गर्ने ? लगायतको विषयमा त्यसका शिर्षकहरुसहित सहभागि विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
प्रशिक्षक पौडेलले विद्यार्थीहरुलाई नेतृत्व विकास र रणनीतिक योजनाका बारेमा समेत अभिमुखीकरण प्रदान गरे ।गोष्ठी सफल बनाउन कर्नरस्टोन फाउडेशन दमक–१, ग्यारेज क्याफे दमक–६, ग्रीनवे एजुकेशन एकाडेमी दमक–५ ले आर्थिक सहयोग पुरयाँएको थियो ।

गोष्ठी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.