लायन्स क्लब माउण्ट मकालुको नेतृत्व चयन

दमक, ३० जेठ । दमकमा रहेका अधिकांस लायन्स क्लवहरुको धमाधम नेतृत्व चयन भएका छन् । यसैक्रममा लायन्स क्लब अफ दमक माउण्ट मकालुको नेतृत्व चयन भएको छ । दमकका युवा व्यवसायी अनिल सुवेदीको अध्यक्षतामा लायन बर्ष २०२२–०२३ का लागि बोर्ड कार्यसमिति चयन भएको हो ।
क्लबको डाइरेक्टरमा राजन प्रसाइँ, प्रथम उपाध्यक्षमा नविनकुमार भट्टराई, द्धितीय उपाध्यक्षमा कुलबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा रुद्र कार्की, सचिवमा विवेक दाहाल , कोषाध्यक्षमा लक्ष्मी नेपाल र सहकोषाध्यक्षमा चन्द्रप्रकाश पौडेल चुनिएका छन् । यसैगरि दिपक फूयल सर्भिस चियरपर्सन,जनसम्पर्क अधिकारीमा एलिजा सिटौला, क्लव डाइरेक्टरमा केशव ढकाल, मेम्बरसिप चियरपर्सनमा असिम राई, शिक्षा निर्देशकमा जनार्दन मैनाली र कम्यूनिकेसन्स चियरपर्सनमा युवराज विवस चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले लायन्सको मूल मर्म र उद्देश्य प्रति जिम्मेवार भई सेवामा जोड दिइने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.